सरकार–पीडित परिवारबीच ८ बुँदे सहमति, गणेश यादवलाई शहीद घोषणा गरिने
राजनीति
काठमाडौं – गृहमन्त्री सुधन गुरुङ मृतक १५ वर्षीय गणेश यादवको परिवारलाई भेट गर्न सिरहा पुगेका छन् । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका यादवको मृत्यु भएको घटनापछि गृहमन्त्री गुरुङ मध्यरातमा शोकसन्तप्त परिवारलाई भेट्न पुगेका हुन्।
यादवका परिवार र सरकारबीच आठबुँदे सहमति भएको छ । शुक्रबार गृह मन्त्रालय र मृतकका अभिभावकबीच भएको सहमतिअनुसार सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
