`

एमबीबीएससहित स्नातक तहका स्वास्थ्य कार्यक्रमका लागि प्रवेश परीक्षाको आवेदन खुल्यो

Nepal One HD २२ साउन २०८३ ९:४०
जीवनशैली/स्वास्थ्य

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्वास्थ्य शिक्षाअन्तर्गत स्नातक तहका विभिन्न कार्यक्रमका लागि हुने मेडिकल एजुकेसन कमन इन्ट्रान्स एक्जामिनेसन–ब्याचलर लेभल (MECEE–BL २०२७) को अनलाइन आवेदन खुलाएको छ।

आयोगका अनुसार एमबीबीएस, बीडीएस, बीएससी नर्सिङलगायत स्नातक तहका कार्यक्रमका लागि साउन २५ गते बिहान ९ बजेदेखि भदौ १५ गते साँझ ५ बजेसम्म नियमित आवेदन दिन सकिनेछ। साथै, भदौ २२ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिने व्यवस्था पनि गरिएको छ।

प्रवेश परीक्षाका लागि नेपाली विद्यार्थीको आवेदन शुल्क ४ हजार रुपैयाँ र विदेशी विद्यार्थीका लागि ८ हजार रुपैयाँ निर्धारण गरिएको आयोगले जनाएको छ।

आयोगले निर्धारित शैक्षिक योग्यता तथा आवश्यक कागजात पूरा गरेका इच्छुक विद्यार्थीलाई आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *