`

सिंहदरबारको नाम फेर्ने प्रस्तावमा शाहीको कटाक्ष, ‘इतिहास मासेर देश बन्दैन’

Nepal One HD २५ साउन २०८३ ९:१६
बिशेष

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने धारणा राखेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता तथा सांसद ज्ञानेन्द्र शाहीले त्यसको विरोध गरेका छन्।

ढकालले आइतबार नेपालमा सिंह नै नभएकाले ‘सिंहदरबार’ नाम उपयुक्त नभएको बताएका थिए। त्यसको प्रतिक्रियामा शाहीले सिंहदरबार सामान्य नाम वा भवन मात्र नभई नेपालको इतिहास, शासन व्यवस्था र राष्ट्रिय पहिचानसँग जोडिएको महत्वपूर्ण धरोहर भएको बताएका हुन्।

शाहीले सामाजिक सञ्जालमार्फत ‘इतिहास मासेर देश बन्दैन, इतिहासको संरक्षण गरेर देश बन्छ’ भन्दै ऐतिहासिक धरोहरको संरक्षण गर्नुपर्ने बताएका छन्।

उनले संसारका कुनै पनि देशले आफ्नो इतिहास मेटाएर विकास र समृद्धिको यात्रा तय नगरेको उल्लेख गर्दै ऐतिहासिक धरोहर, संस्कृति र पहिचानलाई संरक्षण गरेर आधुनिकतासँग जोड्नुपर्ने धारणा राखेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन् –
इतिहास मासेर देश बन्दैन, इतिहासको संरक्षण गरेर देश बन्छ।संसारका कुनै पनि देशले आफ्नो इतिहास मेटाएर विकास र समृद्धिको यात्रा तय गरेका छैनन्। बरु आफ्ना ऐतिहासिक धरोहर, संस्कृति र पहिचानको संरक्षण गर्दै त्यसलाई आधुनिकतासँग जोडेर संसारभर चिनाएका छन्।त्यसैले सिंहदरबार केवल एउटा सामान्य नाम वा भवन होइन—यो नेपालको इतिहास, शासन व्यवस्था र राष्ट्रिय पहिचानसँग जोडिएको महत्वपूर्ण धरोहर हो।
हामीले इतिहास मेट्ने होइन, इतिहासलाई संरक्षण गर्दै आधुनिक पुस्तासम्म पुर्‍याउने र विश्वसामु गर्वका साथ चिनाउने हो।
इतिहास हाम्रो पहिचान हो, र पहिचान बचाएरै समृद्ध नेपाल बनाउन सकिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *