`

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की १५ लाख धरौटीमा रिहा

Nepal One HD २५ साउन २०८३ २०:२४
बिशेष

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा दायर मुद्दामा विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो।

कार्कीविरुद्ध पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको थियो। अदालतको आदेशसँगै उनले १५ लाख रुपैयाँ धरौटी बुझाएपछि रिहा हुनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *