एनपीएलले नेपालीमा आत्मविश्वास जगाएको रवि लामिछानेको भनाइ, प्रतियोगिताको सफलताको कामना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सफलताको शुभकामना व्यक्त गरेका छन्। उनले एनपीएललाई नेपाली खेलकुदको शक्ति, सम्भावना र सामूहिक क्षमताको उदाहरणका रूपमा व्याख्या गर्दै प्रतियोगिताले नेपालीहरूमा आत्मविश्वास जगाउने विश्वास व्यक्त गरेका हुन्।
एनपीएलको तेस्रो संस्करण सुरु भएको अवसरमा आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले प्रतियोगिता केवल क्रिकेट खेलमा सीमित नरहेको बताएका छन्। उनका अनुसार एनपीएल नेपाली खेलकुदमा रहेको सम्भावना उजागर गर्ने, खेलाडीको क्षमता प्रदर्शन गर्ने र नेपालले पनि ठूला स्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न सक्छ भन्ने विश्वास स्थापित गर्ने महत्वपूर्ण माध्यम हो।
उनले सामाजिक सञ्जालमा लेखेका छन् – ‘नेपाली खेलकुदको राष्ट्रिय महोत्सव ‘नेपाल प्रिमियर लिग’ (NPL)को तेस्रो संस्करण आजदेखि सुरू भएको छ। यो सफलता नेपाली खेलकुदमा हाम्रो शक्ति र सम्भावनाको बलियो उदाहरण हो। यो सफलताले एउटै कुरा भन्छ की “हामी सक्छौं” ।
NPL तेस्रो संस्करणको भब्य सफलताको शुभकामना ब्यक्त गर्दैछु।’
