`

लुम्बिनी लायन्सको आक्रामक ब्याटिङ, ५ ओभरमै ५२ रन

Nepal One HD १० कार्तिक २०८३ १९:१५
खेलकुद

लुम्बिनी लायन्सले जारी खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध आक्रामक सुरुवात गरेको छ। ५ ओभरको खेल सकिँदा लुम्बिनीले बिना विकेटको क्षतिमा ४६ रन बनाएको छ।

लुम्बिनीका लागि डार्सी शर्ट र आसिफ शेख क्रिजमा टिकिरहेका छन्। शर्टले १२ बलमा २३ रन बनाएका छन् भने शेखले १८ बलमा २७ रन जोडेका छन्। दुवै ब्याटरले समान रूपमा आक्रामक प्रदर्शन गरिरहेका छन्।

सुदूरपश्चिमका बलरहरूलाई दबाबमा राख्दै लुम्बिनीले सुरुवाती ओभरमै रन गति तीव्र बनाएको छ। स्कट कुगेलेइनले २.३ ओभरमा ३५ रन खर्चिएका छन् भने हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले समान ५–५ रन दिएका छन्।

लुम्बिनीले यही रन गति कायम राख्न सके ठूलो योगफलतर्फ अघि बढ्ने संकेत देखिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *