`

बजारमा अनेक गीत, दर्शकको रोजाइमा किन पर्‍यो हेमन्त कान्छाको ‘रानी बनमा धयाँरी फूल’?

Nepal One HD ३ कार्तिक २०८३ २०:१६
भिडियो

काठमाडौं । गायक तथा सारङ्गीवादक हेमन्त कान्छा रसाइलीको दसैँ गीत ‘रानी बनमा धयाँरी फूल’ दर्शकमाझ लोकप्रिय बनेको छ। हेमन्त कान्छा रसाइली र शान्तिश्री परियारको स्वरमा रहेको यस गीतले सार्वजनिक भएको छोटो समयमै दर्शक तथा श्रोताको मन जित्न सफल भएको हो।

मौलिक नेपाली लोकसङ्गीतको स्वाद बोकेको यस गीतले सामाजिक सञ्जाल टिकटकमा समेत राम्रो चर्चा बटुलेको छ। गीत सार्वजनिक भएको १० दिनमै २८ लाख टिकटक रील्स बनेको दाबी गरिएको छ। गीतको लोकप्रियताले मौलिक नेपाली लोकभाका र परम्परागत सङ्गीतप्रति दर्शकको आकर्षणलाई पुनः उजागर गरेको छ।

गीतमा हेमन्त कान्छा रसाइली र शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ। गीतका शब्द, सङ्गीत तथा सङ्गीत संयोजन हेमन्त कान्छा रसाइलीकै रहेको छ। सारङ्गी, मादललगायत परम्परागत बाजाको प्रयोगले गीतलाई थप मौलिक बनाएको छ।

गीतको थेगो सरोज बिरही कार्कीले तयार पारेका हुन्। मिक्सिङ तथा मास्टरिङ पनि हेमन्त कान्छा रसाइलीले नै गरेका छन्। ‘सारङ्गी एचकेआर’ स्टुडियोमा तयार भएको गीतको अडियो तथा भिडियो हेमन्त कान्छा रसाइली अफिसियलमार्फत सार्वजनिक गरिएको हो।

मुकेश नेपालीको निर्देशनमा तयार भएको भिडियोमा नारायणी खत्री, हेमन्त कान्छा रसाइली, ममता मगर र सन्तोष थापाको अभिनय रहेको छ। भिडियोको छायाङ्कन बुद्ध थापाले गरेका हुन्।

नेपाली लोकसङ्गीतमा सारङ्गीको मौलिक धुन र लोकलयलाई प्राथमिकता दिँदै आएका हेमन्त कान्छा रसाइलीको यस गीतले चाडपर्वको माहोललाई थप सङ्गीतमय बनाएको छ। मौलिकपन, लोकलय र कलाकारको सुमधुर स्वरका कारण ‘रानी बनमा धयाँरी फूल’ले दर्शकको ध्यान आकर्षित गरेको देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *