स्काउटका पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश
काठमाडौँ। सर्वोच्च अदालतले नेपाल स्काउटका निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले यही साउन ५ गते निर्वाचित उक्त पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आज अल्पकालीन अन्तरिम आदेश गरेको हो ।
आदेशमा भनिएको छ, “यही साउन ५ गते निर्वाचितहरूलाई पदमुक्त गर्ने गरी नेपाल स्काउटको प्रमुखबाट भएको निर्णय कार्यान्वयन नगर्नु÷नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (ख) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिएको छ ।”
स्काउटका निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय रोक्न रवि खनालसमेतले रिट निवेदन दायर गर्नुभएको थियोे । स्काउटको राष्ट्रिय परिषद् तथा प्रदेश परिषद्का विभिन्न पदमा चार वर्षका लागि निर्वाचित भएकाले बीचमा हटाउन नमिल्ने रिट निवेदनमा उल्लेख छ ।
अदालतले दुवै पक्षलाई आगामी भदौ ३ गतेका लागि छलफलमा बोलाएको छ ।
