दीपक भट्ट र शुलभ अग्रवाललाई फेरि पुर्पक्षका लागि थुनामा पठाइयो, विष्णु पौडेललाई साधारण तारेख
बिशेष
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी दोस्रो अभियोगमा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले मंगलबार दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
यसअघि नै सम्पत्ति शुद्धीकरणसम्बन्धी पहिलो मुद्दामा थुनामा रहेका भट्ट र अग्रवाललाई दोस्रो मुद्दाको सिलसिलामा अदालतमा उपस्थित गराइएको थियो। सुनुवाइपछि अदालतले उनीहरूलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
सोही मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई भने साधारण तारेखमा छाड्ने आदेश भएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
