`

किशोर श्रेष्ठ पक्राउको भोलिपल्टै जनआस्था कार्यालयमा प्रहरीको छापा, बिहानै खानतलासी

Nepal One HD २८ साउन २०८३ ९:१४
प्रमुख खबर

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेपछि प्रहरीले सानेपास्थित जनआस्था कार्यालयमा खानतलासी गरेको छ।

प्रहरीको टोली बिहीबार बिहान करिब ७ बजे जनआस्था कार्यालय पुगेको थियो। कार्यालयमा प्रवेश गरेको प्रहरीले विभिन्न कागजपत्र, कम्प्युटर तथा अन्य विद्युतीय उपकरणको जाँच गरेको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार अनुसन्धानका क्रममा कम्प्युटर तथा अन्य विद्युतीय उपकरण जाँच गर्नुपर्ने भएकाले कार्यालयमा खानतलासी गरिएको हो। प्रहरी टोलीका केही सदस्य कार्यालयभित्र प्रवेश गरेका थिए भने अन्य प्रहरी बाहिर खटिएका थिए।

प्रहरीले कार्यालयमा रहेका विभिन्न इलेक्ट्रोनिक डिभाइस तथा कागजपत्रसमेत संकलन गरेको जनाइएको छ। श्रेष्ठमाथिको अनुसन्धानका क्रममा आवश्यक प्रमाण तथा सामग्री संकलन गर्न खानतलासी गरिएको प्रहरीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *