`

घरभाडा करबारे रवीन्द्र मिश्र असन्तुष्ट, अर्थमन्त्रीलाई भने-संशोधन गरेर मिलाउनु पर्यो

Nepal One HD ४ भदौ २०८३ ९:०२
प्रमुख खबर

काठमाडौं । राप्रपाका पूर्वनेता रवीन्द्र मिश्रले घरभाडाबाट हुने आयलाई १० लाख रुपैयाँसम्मको आयकर छुटमा समावेश नगरिएको भन्दै अर्थमन्त्री स्वर्णिम वाग्लेसँग प्रश्न गरेका छन्।

मिश्रले सामाजिक सञ्जालमार्फत बजेटमा १० लाख रुपैयाँसम्मको आयमा कर छुट दिने व्यवस्था उल्लेख भए पनि आफू घरभाडा कर बुझाउन जाँदा घरभाडाबाट हुने आयमा कर छुट नहुने जानकारी पाएको बताएका हुन्।

घरभाडा मात्रै आयस्रोत भएका र अन्य आम्दानी नभएका धेरै नागरिक रहेको उल्लेख गर्दै उनले त्यस्ता व्यक्तिले कर छुट नपाउने व्यवस्था न्यायोचित नभएको टिप्पणी गरेका छन्।

मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् – यो त अति भयो?”घर भाडा”को आय, आयकर छुटमा किन नपरेको, अर्थमन्त्रीज्यू? Swarnim Waglé यो वर्षको बजेटले रू दश लाखसम्मको आयमा कर छुट दिने उल्लेख गरेको थियो। तर म हिजो घर भाडा कर बुझाउन जाँदा घर भाडामा कर छुट नहुने बताइयो।

घर भाडामात्र आयस्रोत भएका र अन्य कुनै आयस्रोत नभएका मजस्ता धेरै मान्छे हुन्छन्। अनि उनीहरूले चाहिँ कर छुट नपाउने पनि हुन्छ?
यस्तो महत्वपूर्ण विषयमा बजेटमा एउटा कुरा भन्ने, स्थानीय निकायले अर्कै अधिकार निर्धारण गर्ने? यो त भएन। पहिलेका वर्षहरूमा पनि यस्तै भएको थियो। यो वर्षचाहिँ यसबारे लेख्ने निर्णय गरेँ।

यो त अति भयो अर्थमन्त्रीज्यू। कसरी, के संसोधन गरेर मिलाउनु पर्ने हो, मिलाउनु पर्यो। नत्र धेरै इमानदार करदातालाई ठूलो मर्का पर्ने देखियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *