शिक्षा ऐनबारे संवाद गर्न मन्त्री पोखरेल आज धनगढी जाँदै
प्रमुख खबर
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल आज धनगढी जाने भएका छन्। उनी मन्त्रालयले आयोजना गरेको ‘शिक्षा संवाद’ कार्यक्रममा सहभागी हुन धनगढी जान लागेका हुन्।
शिक्षा ऐन निर्माणअघि मन्त्रालयले सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत सुदूरपश्चिम प्रदेशमा कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका शिक्षा क्षेत्रमा क्रियाशील शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालासँग शिक्षा ऐन र विद्यालय शिक्षा सुधारका विषयमा प्रत्यक्ष छलफल तथा अन्तरक्रिया गरिने मन्त्रालयले जनाएको छ।
कार्यक्रममार्फत प्रदेशस्तरमा शिक्षा क्षेत्रका समस्या, आवश्यकता तथा सुधारका सुझाव संकलन गरी प्रस्तावित शिक्षा ऐनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
