`

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

Nepal One HD ५ भदौ २०८३ १८:३०
जीवनशैली/स्वास्थ्य

काठमाडौँ । निजामती कर्मचारी अस्पतालले प्रत्येक आइतबार ९ः०० देखि १ः०० बजेसम्म निजामती कर्मचारी तथा परिवार लक्षित विशेष ओपीडी सेवा सञ्चालन गर्न लागेको छ ।विशेष ओपिडी सेवामा इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक–कान तथा घाँटी रोग (इएनटी), रेडियोलोजी र प्याथोलोजी लगायतका सेवा प्राप्त हुनेछ ।

अस्पतालकी सूचना अधिकारी श्रीरञ्जना नेपालका अनुसार आगामी दिनमा त्यसमा थप विशिष्टीकृत सेवा थप गरिनेछन् । उनका अनुसार, निजामती कर्मचारीले अस्पतालबाट प्रदान गरिने सेवाका लागि लाइन बस्न नपरोस् र सहज रुपमा उपचार सुविधा प्राप्त होस् भनी त्यस सेवा सञ्चालन गर्न लागिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *