`

विदेशमा रहेका मतदातालाई मताधिकार दिन कानुनी व्यवस्था गर्न गृहमन्त्रीको आग्रह

Nepal One HD ५ भदौ २०८३ १९:४९
प्रमुख खबर

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन विधेयक (एकीकृत) को मस्यौदा र निर्वाचन व्यवस्थापनमा गर्नुपर्ने सुधारबारे छलफल गरेको छ।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको छलफलमा निर्वाचन सुधारका समसामयिक विषय तथा प्रस्तावित विधेयकमा समेटिएका नयाँ व्यवस्थाबारे प्रस्तुतीकरण र अन्तरक्रिया गरिएको हो।

छलफलमा गृहमन्त्री गुरुङले विगतका निर्वाचनमा देखिएका समस्या समाधान गर्ने तथा विदेशमा र देशभित्रै आफ्नो स्थायी ठेगानाभन्दा बाहिर रहेका मतदातालाई मतदानको अधिकार सुनिश्चित गर्ने आवश्यक कानुनी व्यवस्था विधेयकमा समेट्न आयोगलाई आग्रह गरे।

प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षता अभिवृद्धि गर्दै मतदाताको चाहनाअनुसार निर्वाचन विधि तथा पद्धतिमा सुधार गर्न आयोगले कानुनी, संस्थागत र प्राविधिक तयारी अघि बढाएको बताए।

छलफलमा प्रस्तावित विधेयकमार्फत निर्वाचन व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने विषयमा समेत छलफल भएको आयोगले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *