`

गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको आमा-बाबाबिच वार्ता सुरु

Nepal One HD ६ भदौ २०८३ १९:४६
बिशेष

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीका अभिभावकबीच वार्ता सुरु भएको छ । अहिले गृहमन्त्रालयमा गृहमन्त्री गुरुङसंग बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षिया गरिमा चौधरीका बुवा मनोज चौधरी र आमा मानमती चौधरी सहितको टोलीसंग वार्ता भएको हो ।

जारी वार्तामा बालिका हराएदेखिको प्रहरी अनुसन्धान, परिवारले दिएको जाहेरी, शव भेटिएको अवस्था तथा घटनाको अनुसन्धानलगायत विषयमा छलफल भइरहेको छ । साउन ३१ गते बिहानदेखि जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका चौधरी सम्पर्कविहीन भएकी थिइन् । त्यसपछि उनी भदौ २ गते आफ्नै घर नजिकैको एक घरमा विभत्स अवस्थामा शव फेलापरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *