`

आशिका तामाङ झुक्किएर रास्वपाको उम्मेदवार बन्नुभयो : हर्क साम्पाङ

Nepal One HD ७ भदौ २०८३ ९:०९
प्रमुख खबर

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपा सांसद आशिका तामाङ झुक्किएर रास्वपाको उम्मेदवार बनेको बताएका छन् ।सांसद साम्पाङले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै तामाङको राजनीतिक स्वभाव आफ्नो पार्टीसँग मिल्ने पनि बताएका छन्।

उनले भनेका छन्, – आशिका तामाङ जीले गर्न खोज्नु भएको कुरा प्रतिपक्षको कित्तामा पर्छ ! वहाँको बिद्रोही स्वभाव मिल्ने पक्ष हाम्रो पक्ष हो ! वहाँ झुक्किएर रास्वपाको क्यान्डिडेट बन्नु भएको हो ! खासमा।वहाँको उद्देश्य श्रम संस्कृति बाट मात्रै प्राप्त गर्न सकिन्छ किनकि हामी अभियान्ता हौँ ! मेरो व्यक्तिगत बिचार राखें अन्यथा नदिइदिनु कसैले !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *