`

सङ्गीत, खेलकुद र चलचित्र क्षेत्रलाई सेवा उद्योगका रूपमा परिभाषित गरिएको छ : मन्त्री यादव

Nepal One HD ८ भदौ २०८३ १९:२५
राजनीति

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सङ्गीत, खेलकुद र चलचित्र क्षेत्रलाई सेवा उद्योगका रुपमा परिभाषित गरिएको स्पष्ट पारेकी छिन्।

प्रतिनिधि सभाको साेमबारकाे बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईको जिज्ञासाको जवाफ दिँदै उनले विद्यमान औद्योगिक नीति, २०६७ र औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार ती क्षेत्र सेवामूलक उद्योगको वर्गमा पर्ने जानकारी गराए।

मन्त्री कुमारीले ती क्षेत्रलाई उद्योगका रुपमा दर्ता हुने भएता पनि उद्योग प्रवर्द्धन, विकास र नियमनसम्बन्धी कार्य सम्बन्धित निकायबाट हुने स्पष्ट पारे। उनले भने, “त्यसअनुसार बजेट पनि सम्बन्धित निकायमा नै विनियोजन भएको छ। आव २०८३/८४ मा यी सेवामूलक उद्योगमा विनियोजन गरिएको बजेट सम्बन्धित मन्त्रालयगत बजेट सूचना प्रणालीबाट प्राप्त गर्न सकिनेछ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *