बागमती प्रदेशसभा बैठक भोलि
राजनीति
हेटौँडा। बागमतीे प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने भएको छ ।
बैठक प्रदेशका मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको हो ।
आज साँझ ८ः०० बजेका निर्धारण गरिएको बैठक भोलिका लागि सारिएको प्रदेशसभा सचिव रामकुमार पौडेलले जानकारी दिए ।
प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको मिति र समय परिवर्तन गर्नुभएको उनले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
