श्रम संस्कृतिको राहत कोषमा कति भयो जम्मा?
अर्थ समाचार
काठमाडौं। विपद्मा परेकालाई राहत दिने भन्दै श्रम संस्कृति पार्टीले थालेको अभियानको कोषमा हालसम्म ६ लाख ४९ हजार ८ सय ६३ रुपैयाँ जम्मा भएको छ।
पार्टीका प्रदेश अध्यक्ष प्रताप राईका अनुसार उक्त रकम प्रदेश सदस्य तथा पार्टीका अन्य शुभेच्छुकबाट संकलन भएको हो।
बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले पार्टीले राहत संकलन अभियान सञ्चालन गरेको जनाएको छ।
संकलित रकमबाट प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री खरिद गरिने अध्यक्ष राईले बताएका छन्। उनले पार्टीका केन्द्रीय अध्यक्षको नेतृत्वमा ती सामग्री प्रभावित क्षेत्रमा पुर्याएर वितरण गरिने बताए।
राहत वितरण गर्दा पहुँचका आधारमा होइन, वास्तविक आवश्यकता हेरेर प्रभावित नागरिकसम्म सामग्री पुर्याउने पार्टीको दाबी छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
