`

सहयोगी सुरक्षा निकायहरूबीचको विवाद ‘अस्वीकार्य’ – जेलेन्स्की

Nepal One HD २० भदौ २०८३ ९:०५
विश्व

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस हप्ता किएभमा सहयोगी सुरक्षा निकायहरूबीच भएको आपसी आक्रमणको आलोचना गर्नुभएको छ । उहाँले उच्च पदस्थ अधिकारीहरूको बर्खास्त गर्ने योजना बनाएको बताउनुभएको छ ।

सैन्य गुप्तचर निकाय (जीयूआर) र राष्ट्रिय सुरक्षा सेवा (एसबीयू) बीच बुधबार राजधानीमा भएको आक्रमणको घटना गोलीबारी भएको थियो, जसमा धेरै अधिकारी घाइते भएका थिए ।

यो आपसी विवाद युक्रेनले रुसको लम्बिएको आक्रमणको सामना गरिरहेकै समय दिनदहाडै भएको थियो ।

जेलेन्स्कीले बिहीबार राति भन्नुभयो, “घटनाबारे दुवै निकाय जवाफदेही बन्नुपर्छ, दुवैले पूर्ण रूपमा अस्वीकार्य काम गरेका छन्।”

उहाँले भन्नुभयो, “दुवै निकायका दुई सुरक्षा अधिकारीलाई संदिग्धको रूपमा अनुसन्धान अघि बढाइएको छ।”

“यस्ता घटना फेरि कहिल्यै नहुन् भन्नका लागि सत्य स्थापित हुनु महत्त्वपूर्ण छ,” उहाँले भन्नुभयो ।

उहाँले थप्नुभयो, “दुवै निकायका प्रमुखहरूको ‘मूल्याङ्कन’ गरिनेछ र ‘यो अवस्थाका लागि जिम्मेवार उपप्रमुखहरूलाई बर्खास्त गरिनेछ।”

युक्रेनी मिडियाका अनुसार, यो द्वन्द्व एसबीयूले रुसी स्वयंसेवक कोरका एक उपकमाण्डरलाई पक्राउ गरेसँग जोडिएको हुन सक्छ । यो किएभका लागि लड्ने क्रेमलिन विरोधी रुसीहरूको बटालियन हो, जुन जीयूआरको अधीनमा छ।

एसबीयूले भनेको छ, “यसले ‘रुसद्वारा आदेश दिएको हत्या रोक्न’ ‘तोडफोडविरोधी कार्य’ गरिरहेको थियो र कमाण्डर र रुसका विशेष सेवाहरूबीच सम्पर्क स्थापित गराएको दाबी गरेको छ।”

यसैबीच जीयूआरले भन्यो कि यसको विरुद्ध “लक्षित दुष्प्रचार अभियान” चलिरहेको छ।

दुवै निकाय किएभको युद्ध प्रयासमा केन्द्रीय भूमिका खेल्छन् र रुसको आक्रमणका दौरान उनीहरूको शक्ति व्यापक बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *