राहत कोषमा ११ अर्ब जम्मा
अर्थ समाचार
काठमाडौं। रसुवा र भोटेकोसी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका लागि सहयोग जुट्ने क्रम तीव्र बनेको छ । सरकारी राहत कोषमा समेत ठूलो रकम संकलन भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी हाल ११ अर्ब ५ करोड ५६ लाख २६ हजार ९७१ रुपैयाँ मौज्दात छ ।
सरकारले यसअघि नै उक्त रकममध्ये एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि निकासा गरिसकेको छ ।
कार्यालयका अनुसार नौवटा वाणिज्य बैंकमा मात्रै ८ अर्ब ६ करोड २५ लाख १५ हजार ५१८ रुपैयाँ जम्मा छ ।
त्यसैगरी हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा १ करोड ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर मौज्दात रहेको जनाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
