तीन दिनको प्रयासपछि नेपाल–चीन सीमामा फेरि फहरायो नेपालको झण्डा
बिशेष
काठमाडौं । भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीले नेपाल–चीन सीमा क्षेत्रमा रहेका भौतिक संरचनासँगै सीमा स्तम्भसमेत बगाएको थियो। बाढीपछि तीन दिनको निरन्तर प्रयासमा नेपाली सीमामा राष्ट्रिय झण्डा पुनःस्थापना गरिएको छ।
बाढीको प्रभाव र नदी कटान अझै जारी रहेकाले नेपाली भूभागबाट सीमा पहिचान गरी झण्डा गाड्न निकै कठिन भएको थियो। जोखिमपूर्ण अवस्थाका बाबजुद सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनाको समन्वयमा नेपाली सीमा क्षेत्रमा पुनः नेपालको राष्ट्रिय झण्डा फहराइएको हो।
सीमा क्षेत्रमा बाढी र कटानका कारण उत्पन्न चुनौतीका बीच सुरक्षाकर्मीले जोखिम मोलेर झण्डा पुनःस्थापना गरेका हुन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
