`

इरानको आणविक कार्यक्रममा अन्तर्राष्ट्रिय दबाब थप बढ्दै

Nepal One HD २१ भदौ २०८३ १०:३४
विश्व

अमेरिका, बेलायत, फ्रान्स र जर्मनीले संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्था आईएईएको ‘बोर्ड अफ गभर्नर्स’समक्ष यस्तो प्रस्ताव राख्ने तयारी गरेका छन्, जसमा इरानलाई आणविक अप्रसारसम्बन्धी आफ्ना कानूनी जिम्मेवारी पालना नगरेको मामिला संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्सम्म पठाउने तयारी गरेका छन् ।

पछिल्लो समय इरानको आणविक कार्यक्रममाथि अन्तर्राष्ट्रिय दबाब अझ बढ्दै गएको देखिन्छ ।

इरानको आणविक कार्यक्रममामिला अत्यन्त गम्भीर छ किनकि सन् २०२५ मा आईएईए बोर्डले करिब २० वर्षपछि पहिलोपटक इरानलाई आफ्ना आणविक अप्रसारसम्बन्धी जिम्मेवारी पालना नगरेको ठह¥याएको थियो।

प्रस्ताव अहिले वार्ताको चरणमा छ र आईएईए बोर्डलाई औपचारिक रूपमा बुझाइएको छैन। यसमा आईएईएका महानिर्देशक राफेल ग्रोसीलाई प्रस्ताव र पहिले पारित प्रस्तावहरू आईएईएका सबै सदस्यहरूसँगै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् र महासभासम्म पु¥याउन भनिएको छ । प्रस्तावमा इरानको आणविक कार्यक्रमबाट उत्पन्न चुनौतीहरूको कूटनीतिक समाधान निकाल्ने समर्थन पनि गरिएको छ ।

सबै पक्षलाई वार्तामा रचनात्मक तरिकाले सहभागी हुन अपील गरिएको छ। प्रस्तावमा परिवर्तन पनि सम्भव छ। औपचारिक रूपमा प्रस्तुत भएपछि अर्को साता भियनामा आईएईए बोर्डको बैठकमा यसउपर मतदान हुनेछ।

आणविक अप्रसार सन्धिअन्तर्गत इरानमाथि आफ्ना सबै आणविक पदार्थ र गतिविधिहरूको जानकारी दिनुपर्ने तथा आईएईएका निरीक्षकहरूलाई आणविक सामग्री शान्तिपूर्ण कामबाहेक अन्यत्र प्रयोग भइरहेको छैन भन्ने सुनिश्चित गर्न जाँच गर्न दिनुपर्ने कानूनी जिम्मेवारी छ ।

सन् २०२५ मा अमेरिका र इजरायलले इरानका आणविक स्थलमाथि आक्रमण गरेपछि इरानले प्रभावित आणविक स्थलहरूमा आईएईए निरीक्षकहरूलाई प्रवेश दिएको छैन। एजेन्सीले छ महिनाभन्दा बढी समयदेखि हतियार बनाउने क्षमता नजिक पुगिसकेको युरेनियम भण्डारको स्थिति पनि प्रमाणित गर्न सकेको छैन। आईएईएले हालै चेतावनी दिएको छ कि निरीक्षकहरूलाई प्रवेश नदिनु र आणविक सामग्रीको पुष्टि नहुनुले प्रसारको जोखिम सिर्जना गर्छ, जसमा तुरुन्त ध्यान दिन आवश्यक छ।

आईएईएका अनुसार इरानसँग ४४०.९ किलोग्राम युरेनियमको भण्डार छ, जसलाई ६० प्रतिशतसम्म शुद्धतामा समृद्ध पारिएको छ। आणविक हतियार बनाउन सामान्यतया करिब ९० प्रतिशत शुद्धता भएको युरेनियम चाहिन्छ । अर्थात् इरानको हालको भण्डार प्राविधिक रूपमा त्यो स्तरबाट धेरै टाढा छैन।

आईएईए प्रमुख राफेल ग्रोसीले गत वर्ष भन्नुभएको थियो, “यदि इरानले आफ्नो कार्यक्रमलाई हतियार बनाउने दिशामा लैजाने निर्णय ग¥यो भने यो परिमाणले उसलाई सैद्धान्तिक रूपमा १० आणविक बम बनाउन सक्षम बनाउन सक्छ ।

उहाँले भन्नुभएको थियो, “यसको मतलब इरानसँग आणविक हतियार छ भन्ने होइन।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *