पूर्वी पहाडमा लगातार वर्षापछि सप्तकोसीमा बढ्यो बहाव, ब्यारेजमा रातो बत्ती र झण्डा
बिशेष
काठमाडौं – लगातार भएको वर्षाका कारणले सप्तकोसी नदीमा पानीको बहाव बढेको छ ।
आइतबार राति ८स्१५ बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर दुई लाख २० हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव भइरहेको प्रहरीले जनाएको छ ।
पानीको बहाव बढेपछि कोशी ब्यारेजको मूल ५२ वटा र ४ वटा नहरको गरेर ५६ वटा ढोका मध्यै २७ वटा ढोका खुल्ला गरिएको प्रहरीले जनाएको छ । कोशी ब्यारेजमा खतराको सङ्केत देखिएपछिरातो बत्ती बालिएको र रातो झन्डा फहराइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
