`

भदौ २३ को आन्दोलनमा साम्राज्यवादी शक्तिको स्रोत–साधन परिचालन भयो : महेश बस्नेत

Nepal One HD २४ भदौ २०८३ ९:५८
प्रमुख खबर

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले गत भदौ २३ गते भएको आन्दोलनमा बाह्य तथा साम्राज्यवादी शक्तिको स्रोत–साधन परिचालन भएको आरोप लगाएका छन् ।भण्डाफोर तथा विरोध कार्यक्रममा बोल्दै बस्नेतले सुरुमा उक्त आन्दोलनप्रति आफूहरूको कुनै आपत्ति नरहेको बताए । तर आन्दोलनमा बाह्य शक्तिको स्रोत–साधन प्रयोग भएपछि त्यसको स्वरूप परिवर्तन भएको उनले बताए ।

‘भदौ २३ गते भएको आन्दोलनमा सबैको समर्थन थियो, हाम्रो पनि कुनै आपत्ति थिएन,’ बस्नेतले भने, ‘तर जब त्यो आन्दोलनमा साम्राज्यवादी शक्तिहरूको स्रोत–साधन परिचालन गरियो, राज्यका सेना, प्रहरीलगायत निकायहरू मूल दर्शक बने र जानेर वा नजानेर सहयोगी भए ।’

त्यसपछि आन्दोलन सामान्य विरोध प्रदर्शनमा सीमित नरही मुलुकमाथिको गम्भीर आक्रमणको स्वरूपमा परिणत भएको उनले बताए ।उनले बाह्य शक्तिले नेपाललाई आफ्नो चङ्गुलमा फसाउने प्रयास गरेको आरोप लगाउँदै नयाँ पुस्ताका युवाहरूलाई प्रयोग गरिएको बताए । उनका अनुसार यस क्रममा मुलुकको सम्पत्ति नष्ट हुने अवस्था सिर्जना भएको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *