बढ्दो समुद्री सतहले दुईलाख भन्दाबढी तटीय क्षेत्रका अस्ट्रेलियाली घर खतरामाः रिपोर्ट
समुद्रको सतह निरन्तर बढेको कारण सन् २१०० सम्ममा दुई लाख ५० हजारभन्दा बढी तटीय क्षेत्रका अष्ट्रेलियाली घर तटीय बाढीको जोखिममा पर्ने प्रतिवेदनले जनाएको छ ।गैरसरकारी संस्था क्लाइमेट काउन्सिलले बिहीबार जारी गरेको प्रतिवेदनमा बढ्दो समुद्री सतह र आँधीबेहरीले २१औँ शताब्दीमा राष्ट्रिय अर्थतन्त्रलाई आठ खरव ५५ अरव अष्ट्रेलियन डलर बराबरको क्षेतिहुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनले सन् २१०० सम्ममा बाढीले दुई लाख ६७ लाख तटीय घर र दुई लाख हेक्टर भूमिका साथै उत्तरी क्षेत्रका महत्वपूर्ण पूर्वाधारलाई क्षतिको जोखिममा पार्ने जनाएको छ ।
आँधीबेहरी र तटीय बाढीको प्रभाव र समुद्रको सतहको वृद्धिले समुदायलाई पटक–पटक असर गरिरहेको मौसम विज्ञान ब्यूरोका जलवायु पूर्वानुमानका पूर्वप्रमुख र प्रतिवेदनका सह–लेखक एन्ड्र्यू वाटकिन्सले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
वैज्ञानीकका अनुसार हालका सामान्य तया एक वर्षमा देखिने चरम समुद्री सतह सन् २०९० सम्ममा मासिक रूपमा हुने छ भने क्षति मर्मत गर्न असम्भव हुने छ ।प्रतिवेदन अनुसार उत्तरपूर्वी राज्य क्विन्सल्यान्डमा सबैभन्दा धेरै सम्पत्ति क्षतिको जोखिममा छन्, भने पश्चिमी अष्ट्रेलिया (डब्लुए)मा प्रभावित भूमिको सबैभन्दा ठूलो क्षेत्र र सबैभन्दा बढी अनुमानित आर्थिक क्षति छ ।
प्रतिवेदनले खेतीयोग्य जमिनको ३४.६ प्रतिशत क्षतिको जोखिममा रहेकाले यसले राज्यको लागि संचयी आर्थिक घाटा हुने जनाएको छ ।वाटकिन्सले राजनीतिक नेताले जलवायु प्रदूषणलाई छिटो कटौती गर्न र पहिले नै बन्द गरिएको समुद्री सतहको वृद्धिका लागि तटीय समुदायलाई राम्रोसँग तयार पार्न कदम चाल्नु पर्ने बताएका छन् ।
