शपथसँगै उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाले दीपककुमार साहले, चार पार्टी चहार्दै मन्त्री बने
बिशेष
काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदीय जिम्मेवारी सम्हालेका छन्।
खाना पकाउने ग्यासको समस्या समाधान गर्न नसकेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिएपछि उनको स्थानमा सुनसरी–४ बाट निर्वाचित साह नियुक्त भएका हुन्।
साहले राजनीतिक यात्राका क्रममा हालसम्म चारवटा पार्टी परिवर्तन गरिसकेका छन्। जनमत पार्टी गठनमा महत्वपूर्ण भूमिका खेलेका साह डा. सीके राउतका निकट सहयोगीका रूपमा समेत चिनिन्थे।
जनमत पार्टी गठनका बेला राउतका सारथि रहेका साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हुँदै अहिले उद्योगमन्त्री बनेका हुन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
