`

चिलिमे टनेल उद्धारमा नयाँ आशा, १२० मिटर भित्रबाट इको सुनियो

Nepal One HD २६ भदौ २०८३ ९:२६
बिशेष

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवास्थित चिलिमे जलविद्युत् केन्द्रको भूमिगत विद्युत्गृहमा फसेका कर्मचारीको उद्धार कार्यमा आफू पनि सहभागी भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत घिसिङले चिलिमे जलविद्युत् कम्पनीको पूर्वप्रबन्ध निर्देशकका रूपमा विद्युत्गृह सञ्चालनको अनुभवका आधारमा उद्धार टोलीलाई प्राविधिक सुझाव, समन्वय तथा सहजीकरण गरिरहेको जानकारी दिएका छन्।

उनका अनुसार विद्युत्गृह जाने मुख्य पहुँच सुरुङमा ठूलो मात्रामा जम्मा भएको लेदो, बालुवा र ढुंगा हटाउने काम तीव्र रूपमा भइरहेको छ। उद्धार टोली लेदोको भाग छिचोल्दै निरन्तर अगाडि बढिरहेको उनले बताएका छन्।

सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटरभित्र आवाज पठाउँदा त्यसको इको सुनिएको र त्यहाँबाट चिसो हावासमेत आइरहेको घिसिङले बताएका छन्। यसले सुरुङभित्र फसेका कर्मचारी सकुशल रहेको हुनसक्ने आशा बढाएको उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *