तनहुँमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु
समाचार
काठमाडाैं। तनहुँ व्यास नगरपालिका-१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ।
आइतबार बिहान डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका-६ का २६ वर्षीय चालक अजय थिङ गम्भीर घाइते भएका थिए।
घटनालगत्तै प्रहरीले उद्धार गरी उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएको थियाे। उपचारका क्रममा चिकित्सकले थिङलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
