`

त्रिवि शिक्षण अस्पतालमा आठ घाइतेको उपचार हुँदै

Nepal One HD १ असोज २०८३ २१:२३
जीवनशैली/स्वास्थ्य

काठमाडौँ। भोटेकोशी नदीमा गएको बाढीमा परेर घाइते भएकामध्ये त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ७० घाइते घर फर्किएका छन् ।

शिक्षण अस्पतालका प्रवक्ता एवम् वरिष्ठ न्यूरो सर्जन डा गोपाल सेढाइँले अस्पतालमा उपचारका लागि ल्याएका ८४ घाइतेमध्ये आज साँझसम्म ७० घाइते घर फर्किएको राससलाई जानकारी दिनुभयो ।

यस्तै, अस्पतालमा ल्याएका घाइतेमध्ये आठ जनाको उपचार भइरहेको छ । डा सेढाइँका अनुसार हाल मीनबहादुर श्रेष्ठ, पवित्र कार्की, राजेन्द्र भट्ट, तेजबहादुर तामाङ, महेश्वर शाह, निमा दोर्जे तामाङ, चण्डिका श्रेष्ठ र सलिना भुजेलको उपचार भइरहेको छ ।

यस्तै, चार जना अस्पतालमा आएर अन्य अस्पतालमा उपचारका लागि पठाइएको प्रवक्ता डा सेढाइँले बताउनुभयो । अस्पतालमा ल्याएका एक घाइतेको भने उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *