सुनको भाउ फेरि आकासियो
अर्थ समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर ४ हजार ७ सय ९५ रुपैयाँ पुगेको छ।
अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
