‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ
चलचित्र
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ ।आइतबार राजधानीका विभिन्न हलमा चलचित्र हेर्न दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ । हलमा दर्शकको चापसँगै चलचित्रप्रति उनीहरूको उत्साह पनि देखिन्थ्यो ।
प्रदर्शनको सुरुवाती दिनदेखि नै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदै आएको चलचित्रले तेस्रो दिन पनि दर्शक तान्न सफल भएको छ । हलमा चलचित्र हेरेर निस्किएका दर्शकले कथावस्तु, कलाकारको अभिनय तथा प्रस्तुतिको प्रशंसा गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
