`

नेपाल इन्स्योरेन्स कप : हिमालयन एभरेस्ट विजेता, सिद्धार्थ प्रिमियर उपविजेता

Nepal One HD ५ असोज २०८३ १९:००
खेलकुद

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा भएको दोस्रो नेपाल इन्स्योरेन्स कप फुटसल प्रतियोगिताको उपाधि हिमालयन एभरेस्ट इन्स्योरेन्सले जितेको छ।सामाखुसी फुटसल ग्राउन्डमा भएको फाइनलमा हिमालयन एभरेस्टले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई ५–२ गोलले पराजित गर्दै उपाधि हात पारेको हो।

हिमालयन एभरेस्टका दिनेश कुमार सिंह प्लेयर अफ द टुर्नामेन्ट तथा सुनिल थापा उत्कृष्ट डिफेन्डर घोषित भए। यस्तै, सिद्धार्थ प्रिमियरका रोशन बुढाथोकी सर्वाधिक गोलकर्ता र सुजन घिमिरे उत्कृष्ट गोलकिपर बने।नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा विभिन्न बीमा कम्पनीहरूको सहभागिता रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *