`

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

Nepal One HD ५ असोज २०८३ १९:२७
खेलकुद

काठमाडौँ। जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज भएको खेलमा हङ्कङसँग नेपाल ३-० को सोझो सेटमा पराजित भएको हो ।

हङकङले नेपालमाथि पहिलो सेटमा २५-२० ले विजयी भयो भने खेलको दोस्रो सेटमा २५-१९ ले आफनो पक्षमा पार्‍यो ।त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट हङकङले नेपालमाथि २८-२६ को जित निकाल्यो । अब नेपालले ११औँ स्थानका लागि मङ्गोलियासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल भोलि हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *