`

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन

Nepal One HD ७ असोज २०८३ ९:४६
राजनीति

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली महावाणिज्यदूतावासको अवलाेकन गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा उहाँले न्युयोर्कमा रहेकाे महावाणिज्यदूतावासको अवलाेकन गर्नुभएको हो।

त्यस क्रममा मन्त्री खनाल महावाणिज्यदूत ददीराम भण्डारीद्वारा आयोजित ब्रिफिङ कार्यक्रममा सहभागी हुनुभएको थियो।

कार्यक्रममा महावाणिज्यदूतावासबाट सम्पादन भइरहेका कार्य, सेवा प्रवाह तथा नेपाली समुदायसँग सम्बन्धित विषयमा जानकारी प्रस्तुत गरिएको थियो।

सो अवसरमा परराष्ट्रमन्त्री खनालले विदेशस्थित नेपाली नियोगहरूले नेपालको राष्ट्रिय हित प्रवर्द्धन, नेपाली नागरिकलाई आवश्यक कन्सुलर सेवा तथा नेपालसँगको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध विस्तारमा निर्वाह गर्दै आएको भूमिकाको बारेमा जानकारी लिनुभएको थियो।

कार्यक्रममा सहभागी अधिकारीहरूले महावाणिज्यदूतावासका गतिविधि, आगामी कार्ययोजना तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा समेत जानकारी गराएका थिए।

मन्त्री खनालले नेपाली नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन तथा नेपालको हित प्रवर्द्धनमा निरन्तर सक्रिय रहन आवश्यक समन्वय र सहकार्यमा जोड दिनुभएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *