`

एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान

Nepal One HD १४ असोज २०८३ ८:१९
खेलकुद

काठमाडौँ। २० औं एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुषतर्फको पाँच हजार मिटर दौडमा नेपाली धावक मुकेशबहादुर पालले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।
पालले पाँच हजार मिटरको दूरी १४ मिनेट ०३.६१ सेकेन्डमा पूरा गर्दै यसअघि राजेन्द्र भण्डारीको नाममा रहेको कीर्तिमान तोड्नुभएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

भण्डारीले सन् २००४ को एथेन्स ओलम्पिकमा १४ मिनेट ०४.८९ सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको थियो ।जारी एसियाली प्रतियोगितामा सहभागी १८ धावकमध्ये पालले नवौँ स्थान हासिल गर्नुभएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *