`

दशैँको अग्रिम टिकट खुल्यो, बिहानैदेखि बसपार्कमा यात्रुको लाइन

Nepal One HD २३ असोज २०८३ ९:२२
समाचार

काठमाडौं – दशैँका लागि आजदेखि अग्रिम बस टिकट बुकिङ खुला गरिएको छ । टिकट लिन बिहानैदेखि काठमाडौंका बसपार्कमा यात्रुको चहलपहल बढेको छ।

यात्रुको सहजताका लागि ट्राफिक प्रहरीले उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ। यात्रुको चापअनुसार लामो तथा मध्यम दूरीका गाडीलाई रिजर्भमा सञ्चालन गर्न रुट परमिटसमेत खुला गरिएको छ।

सरकारले बढी भाडा नलिन, क्षमताभन्दा बढी यात्रु नराख्न र सवारीसाधनको अवस्था जाँच गरेर मात्र सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको छ। प्रहरीले चाडपर्वमा सडक सुरक्षा र ट्राफिक निगरानी पनि बढाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *