पोखरा–१८ अधेरीकुनामा माटोको ढिस्को खस्दा दुई मजदुरको ज्यान गयो
समाचार
पोखरा – पोखरामा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पर्वतका २९ वर्षीय विक्रम सुनार र गोरखाका ३९ वर्षीय राजु कुमाल रहेका छन् ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले स्काभेटरको सहयोगमा उनीहरूको उद्धार गरी मणिपाल शिक्षण अस्पताल पुर्याएका थिए। तर, चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
