`

गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित

Nepal One HD २४ असोज २०८३ ६:३५
नेपाली कांग्रेस

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै पार्टीको नेतृत्व सम्हालेका हुन्।

थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्गीले ३७५ मत पाए। निर्वाचनमा ५४ मत बदर भएको थियो। कुल ७ हजार ३१७ प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए।

सभापति पदको मतगणना सम्पन्न भए पनि अन्य पदको मतगणना भने कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गरिने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *