`

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

Nepal One HD २३ असोज २०८३ २१:२८
समाचार

काठमाडौँ। प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको समयमा यात्रु ठग्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्।

सभापति गजुरेलले आज साँझ गोँगबुस्थित नयाँ बसपार्कको अनुगमन गर्दै चाडपर्वमा हुनसक्ने ठगीलाई नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।

सभापति गजुरेलले यसवर्ष दशैँ तिहार तथा छठमा १० देखि १५ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरेको भन्दै सोहीअनुसारको व्यवस्थापन मिलाउन सम्बन्धीत निकायलाई आग्रह गरे ।  उन्ले पूर्वाधार विकास समितिले दसैँ, तिहार र छठपर्वमा यात्रुहरूको यात्रालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्कीको संयोजकत्वमा उपसमिति गठन गरेर उक्त उपसमितिमार्फत तयार पारिएको प्रतिवेदन प्रधानमन्त्री कार्यालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाइसकिएको बताए ।

सभापति गजुरेलले अध्ययन प्रतिवेदनअनुसार यात्रुको सङ्ख्याअनुसार बसको सङ्ख्या पर्याप्त रहेकाले यसको व्यवस्थापन आवश्यक रहेको उल्लेख गरे । फूलपातीदेखि नवमीसम्मको समयमा यात्रुको चाप उच्च हुने भएकाले आवश्यकता परेमा थप बस सञ्चालनका साथै नेपाली सेना, नेपाल प्रहरी तथा सरकारी निकायका सवारीसाधनसमेत प्रयोगमा ल्याउन सकिनेगरी समन्वय भइरहेको उन्को भनाइ छ ।

अनुगमनका क्रममा नयाँबसपार्कभित्र डिजिटल प्रणालीमार्फत टिकट काट्दा तोकिएको दररेटअनुसार नै भाडा लिइएको र टिकटमा यात्रुको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको चलानी प्रतिवेदन राखिएकाले ठगी हुने सम्भावना नरहेको पाइएको बताए । उहाँनले आधिकारिक काउन्टर र प्रणालीबाट मात्र टिकट काट्न यात्रुहरूलाई आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *