बूढीगण्डकीको बाढीले मच्चाएको वितण्डाप्रति प्रचण्ड दुःखी, उद्धार र राहतमा जुट्न आग्रह
राजनीति
काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढीले घर र पुल बगाउँदै विभिन्न बस्तीमा क्षति पुर्याएपछि नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैलाई आग्रह गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रचण्डले चुमनुब्री, धार्चे र आरुघाटलगायत क्षेत्रमा बाढीले पुर्याएको क्षति र घरपुल बगाएको खबरले आफू मर्माहत भएको बताएका छन्।
उनले विपद्मा परेका नागरिकलाई तत्काल सहयोग गर्न र उद्धार तथा राहतका काममा एकजुट हुन सबैसँग अपिल गरेका छन्। बाढीको जोखिम अझै रहन सक्ने भएकाले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहनसमेत उनले अनुरोध गरेका छन्।
‘यस विपद्को घडीमा प्रभावित नागरिकको सहयोगमा एकजुट बनौँ,’ प्रचण्डले भनेका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
