कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उपसभापतिमा चन्द्र भण्डारी निर्वाचित
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन्।खुलातर्फ चन्द्र भण्डारीले ३ हजार ७३५ र मधु आचार्यले २ हजार ३४२ मत प्राप्त गर्दै उपसभापतिमा जित हासिल गरेका हुन्। समावेशी उपसभापतिमा विनोद चौधरी १ हजार ७४५ मतसहित निर्वाचित भएका छन्।
यसअघि महिला उपसभापतिमा पुष्पा भुसाल र वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भइसकेका थिए। कांग्रेसको महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन्। पौडेलले ४ हजार १९४ र राणाले २ हजार ३३० मत पाउँदै निर्वाचित भएका हुन् ।
अन्य प्रत्यासीहरुमा डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुनले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत पाएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
