`

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि

Nepal One HD २८ असोज २०८३ ८:३६
राजनीति

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्री आदिवासी जनजातितर्फ बहादुर सिंह लामा तामाङले अग्रता लिएका छन्।६ हजार ९९५ मतगणना हुँदा लामाले ३ हजार २४५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत पाएका छन्। लामा घर्ती मगरभन्दा १ हजार ७९९ मतले अगाडि छन्।

त्यस्तै, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्तमान सिंह मास्केले २४६ मत प्राप्त गरेका छन्।मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *