राखेपले फिर्ता बोलायो क्यान सदस्य गुञ्जन शाह ठकुरीलाई
खेलकुद
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) का सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। राखेपका सदस्य सचिवस्तरीय निर्णयबाट बुधबार उनलाई फिर्ता बोलाइएको हो।
राखेपले गत १ असोजमा ठकुरीलाई क्यानको सदस्यमा मनोनयन गरी पठाएको थियो। तर, मनोनयन भएको एक महिना नबित्दै उनलाई फिर्ता बोलाउने निर्णय गरिएको छ।
नेपाल क्रिकेट संघको विधान, २०५५ को परिच्छेद २ को दफा ३ को उपदफा (४) मा राष्ट्रिय खेलकुद परिषद्बाट संघको पदेन सदस्य मनोनयन गर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार राखेपले ठकुरीलाई क्यानको सदस्यमा मनोनयन गरेको थियो।
साथै, मनोनयन गरेको छोटो समयमै राखेपले उनलाई फिर्ता बोलाएपछि यस निर्णयलाई चासोका साथ हेरिएको छ। यद्यपि, उनलाई फिर्ता बोलाउनुको कारणबारे भने स्पष्ट विवरण सार्वजनिक भएको छैन।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
