`

परराष्ट्रमन्त्री शिशिर खनाल र ब्रुनाईका नवनियुक्त राजदूतबीच भेटवार्ता

Nepal One HD ३० असोज २०८३ १५:५८
राजनीति

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनीबीच भेटवार्ता भएको छ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री खनालले राजदूत जैनीलाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे।

भेटका क्रममा नेपाल र ब्रुनाई दरुसलामबीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, दुई देशबीचको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने र पारस्परिक हितका क्षेत्रमा सहयोग बढाउने विषयमा समेत विचार आदानप्रदान भएको थियो।

साथै, भेटवार्ताले नेपाल र ब्रुनाईबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन तथा द्विपक्षीय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन योगदान गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *