कांग्रेस सभापति गगन थापाको शपथ ग्रहण फूलपातीमा हुने, सानेपामा कार्यक्रम
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पार्टी सभापति गगनकुमार थापाको शपथ ग्रहण तथा पदबहाली फूलपातीको दिन हुने भएको छ ।
शनिबार बडादशैंको सातौँ दिन (फूलपाती) का अवसर पारेर अपराह्न २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ललितपुर (सानेपा) मा शपथ ग्रहण तथा पदबहाली कार्यक्रम आयोजना गरिएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार १५औँ महाधिवेशनको मतगणना कार्य सम्पन्न भएसँगै नवनिर्वाचित सभापतिको पदबहाली कार्यक्रम तय गरिएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
