`

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

Nepal One HD १ कार्तिक २०८३ १८:५५
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि आम नागरिकसम्मका प्रश्नको चित्तबुझ्दो जवाफ दिन सक्ने पार्टी बनाउने प्रतिबद्धता जनाएका छन् ।

शपथग्रहणपछि सम्बोधन गर्दै थापाले लोकतन्त्र, नागरिकको गरिमा र सामाजिक न्यायलाई पार्टीको प्रमुख प्राथमिकता बनाउने बताए । उनले पार्टीको सफलता निर्वाचनको जित वा सभा–जुलुसको संख्याभन्दा नागरिकको विश्वासबाट मापन हुने उल्लेख गरे ।

थापाले कांग्रेसलाई आन्तरिक गतिविधिमा मात्र सीमित नराखी युवा, किसान र आम नागरिकका समस्यामा केन्द्रित गराउने बताए । साथै, लोकप्रियतावादबाट माथि उठेर सुधारमुखी राजनीति अघि बढाउन र पार्टीका सदस्यलाई सामाजिक आन्दोलनसँग जोड्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *