`

दसैँपछि सुनको मूल्यमा ठूलो गिरावट, तोलामै ११ हजार ७०० रुपैयाँ घट्यो

Nepal One HD ९ कार्तिक २०८३ १२:२०
अर्थ समाचार

काठमाडौं । दसैँपछि नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै महासंघले नेपाली बजारमा पनि मूल्य समायोजन गरेको जनाएको छ। गत सोमबार प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार घटेर दुई लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, सोमबारपछि पहिलोपटक आइतबार सुनचाँदीको मूल्य समायोजन गरिएको महासंघले जनाएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला २३० रुपैयाँले घटेको हो।

साथै, गत सोमबार प्रतितोला चार हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार घटेर तीन हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *