बालोन डी’ओरमा ह्यारी केन र एलेक्सिया पुटेलासको बाजी, पुरुषतर्फ केन र महिलातर्फ पुटेलास उत्कृष्ट
खेलकुद
काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केनले सन् २०२६ को पुरुषतर्फको बालोन डी’ओर अवार्ड जितेका छन् । स्पेनकी एलेक्सिया पुटेलासले भने महिलातर्फ तेस्रो पटक यो अवार्ड हात पारेकी छन् ।
केनले यस सिजन क्लब र देशका लागि उत्कृष्ट प्रदर्शन गर्दै कुल ७३ गोल गरेका छन् भने आठ गोलका लागि सहयोग गरेका छन् । उनको व्यक्तिगत प्रदर्शनको योगदानमा ८१ गोल संलग्न छन् । उनको प्रदर्शनमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा, जर्मन कप र जर्मन सुपर कपको उपाधि जितेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
