भक्तपुरका किसानलाई धान भित्र्याउने चटारो [तस्वीरहरू]
प्रमुख खबर
भक्तपुर । बिहीबार साँझदेखि वर्षा हुन सक्ने मौसमविद्को पूर्वानुमानपछि भक्तपुरको योंसिखेलका किसानलाई धान भित्र्याउने हतारो परेको छ।
काटेको धान भिज्न नदिन किसानहरू सुकाउने, निफन्ने र सुरक्षित रूपमा भण्डारण गर्ने काममा व्यस्त छन्।
धान पाकेर खेतबाट भित्र्याउने समयमै वर्षाको सम्भावना देखिएपछि किसानहरूलाई काम सक्ने चटारो बढेको हो। काटिसकेको धान पानीले भिजेमा सुकाउन कठिन हुने र गुणस्तरमा समेत असर पर्न सक्ने भएकाले किसानहरू मौसम खुला रहँदै धान सुरक्षित गर्न जुटेका छन्।
भक्तपुरका खेतमा अहिले धान काट्ने, सुकाउने र भण्डारण गर्ने काम तीव्र बनेको छ। मौसमको अनिश्चितताबीच किसानहरू पाकेको बाली जोगाउन दिनभर खेतबारीमै खटिएका छन्।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको












